विराटनगर : प्रदेश १ को बजेट अधिवेशनले गत आइतबार प्रदेशसभाको बहुमतले बजेट पास भएको छ। योसँगै प्रदेश १ वासी प्रश्न र चासोको विषय हो प्रदेशले नाम कहिले पाँउछ? पहिचानको आधारमा पाउँछ या भूगोलको आधारमा।प्रदेशसभा कार्यकाल ६ महिना बाँकी छ। प्रदेशसभाको कार्यअवधि अन्तिम समय आउन लाग्दा यतिबेला प्रदेशको न्वारान गर्न प्रदेशससभा सदस्यहरूलाई फलामको चिउरा चपाउनुझैँ भएको छ। बजेट पास भएपछि यता सदन अनिश्चितकालका लागि स्थगित छ। अर्थात् सभामुखलाई सदन स्थगित गर्न आग्रह ग