‘बहुभाषिक नाट्य महोत्सव–२०७९’ आजबाट सुरु हुने भएको छ । काठमाडौंको थापागाउँ स्थित गुरुकुलको नाटक घरमा आयोजना हुने महोत्सव १८ असारसम्म चल्नेछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सवमा ७ नाटक प्रदर्शन हुनेछ । महोत्सवका लागि चयन भएका नाटकमा खस भाषा, लेप्चा भाषा, तामाङ भाषा, थारु भाषा, वाम्बुले राई भाषा, पुमा राई भाषाका रहेको महोत्सव संयोजक तथा प्रतिष्ठानको नाट्य तथा रंगमञ्च विभागकी सदस्य निशा शर्माले जानकारी दिइन् ।महोत्सवमा पहिलो दिन आज