नेपालीरिका होटेलमा नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई छूट

काठमाडौं (अस) । नेपाल बङ्गलादेश बैंकका ग्राहकले नेपालीरिका होटेलमा छूट पाउने भएका छन् । डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । नेपाल बङ्गलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुुक्तानी प्रणाली लगायतबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट पाइने बैंकले जानकारी दिएको छ । सम्झौता अनुसार फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रूम सेवामा १५ प्रतिशतको नगद छूट प्रदान गरिने बैंकको भनाइ छ । साथै, होटलले विषेश छूट प्रदान गरी ९९ हजार ९९९ रुपैयाँमा वार्षिक सदस्यता दिने पनि बताएको छ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रूम, निःशुल्क स्विमिङ पुल, निःशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुुरेन्टहरूमा १० प्रतिशतको छूट प्राप्त गर्न सकिने बताइएको छ ।

सम्बन्धित सामग्री

नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश बैंकको […]

नेपाल बङ्गलादेश बैंक फेदाप शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ – नेपाल बङ्गलादेश बैंक फेदाप शाखाले स्थानीय पाँच माध्यमिक विद्यालयमा वित्तीय साक्षारता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्यालय, सिद्घकाली माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ५०४ जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो। नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी सप्ताह २०२२’ मा वित्तीय […]

नेपाल बङ्गलादेशको संस्थापक शेयर जबर्जस्ती खरिद गर्न दुगडको दौडधुप

नेपाल बङ्गलादेश बैंक लिमिटेडको बङ्गलादेशस्थित विदेशी संस्थापक साझेदार संस्था आईएफआईसी बैंक लिमिटेडले बिक्री गर्न खोजेको संस्थापक शेयर खरिद गर्नका लागि सनराइज बैंकको अध्यक्षसमेत रहेका मोतीलाल दुगडले हरसम्भव प्रयास गर्न थालेका छन् । एउटै विषयमा एकै पटक दुई न्यायिक निकायमा समानान्तर रूपमा मुद्दा चलाउन नमिल्ने भएता पनि दुगडले यस विषयमा काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा एकै पटक मुद्दा दायर गरेर न्यायिक मान्यताको पनि खिल्ली उडाएका छन् ।आफूले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश ज

नबिलसँग गाभिने भयाे नेपाल बङ्गलादेश बैंक

काठमाण्डाै – नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । हिजाे बिहीवार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको एक सय कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरमा रहेकाे एक होटलमा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशको आईएफआईसी बैंकको ४१ प्रतिशत ब...

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ। यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ।...

शुक्रराज अस्पताललाई नेपाल बंगलादेश बैंकको सहयोग

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको छ । उक्त परिमाण औषधी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् ।बैंकले कोभिड–१९ संक्रमण जोखिम उच्च रहेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कामको सराहना गर्दै औषधि सहयोग गरेको जानकारी दिएको छ । यसअघि बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बै

नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच सम्झौता

नेपाल बङ्गलादेश बैंक र स्टार अस्पताल, काठमाण्डौबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकद्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशत देखि १५ प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।