जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ । प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए । उनले आगामी २०७९ कात्तिक १० गत