स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आज सूचना जारी गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना जारी भएको १५ दिनभित्रमा सबैले आफूसँग