काठमाण्डाै – वरिष्ठ ग्यास्ट्राेइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ । सानेपामा रहेको स्टार अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय डा. आचार्यको आइतवार बिहान निधन भएको हो ।
कोभिड–१९ काे सङ्क्रमण भएपछि गएको वैशाख १८ गते उहाँ अस्पताल भर्ना हुनु भएको थियो । वैशाख २९ गते उहाँकाे काेभिड–१९ रिपोर्ट नेगेटिभ आएको थियो । तर हिजो बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उपचारमा जाँदा उहाँको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो । आचार्यलाई नेप...