दैलेख – लगातार सात दिनदेखि भइरहेको वर्षाका कारण दैलेखमा सडक, सञ्चार र विद्युत सेवा बन्द भएको छ । ठाउँ–ठाउँमा पहिरो गएका कारण सडक, सञ्चार र यातायात सेवा बन्द भएको छ । एक ठाउँको पहिरो हटाउनासाथ फेरि अर्को ठाउँमा पहिराे खस्ने गरेका कारण सडक सञ्चालन हुन सकेकाे छैन ।
यस्तै पहिरोका कारण ठाउँ–ठाउँमा विद्युतका पोल ढल्दा बिजुली आपूर्तिमा समस्या भएको नेपाल विद्युत् प्राधिकरण दैलेखका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक ठाउँमा बनाइसक्दा अर्को ठाउँमा पोल ढल...