बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध

काठमाडौँ,१७ साउन । अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ । बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् । बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको […]

सम्बन्धित सामग्री

बाढीले नहरमा क्षति पुर्‍याउँदा तीन हजार परिवार अन्धकारमा

भारी वर्षासँगै आएको बाढीका कारण मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगाढ साना जलविद्युत् आयोजनामा क्षति हुँदा झन्डै ३ हजार परिवार अन्धकारमा छन् । भारी वर्षासँगै गमखोलाबाट बालुवा र लेदो बगेर गमगाढ जलविद्युत् आयोजनाको नहरमा पस्दा विद्युत् सेवा अवरुद्ध बनेको हो ।

७ जिल्लाको विद्युत् सेवा अवरुद्ध

लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि सात जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । दुहवी ग्रिड भएर प्रवाह भएको विद्युत् बिहीबारसम्ममा मात्र सञ्चालन हुने प्राधिकरण दुहवी वितरण शाखा प्रमुख रामउदगार साहले जानकारी दिए । पानी जमेकाले विद्युत् आउने सम्भावना तत्काल कम रहेको र बिहीबारसम्ममा आउने उनले जानकारी दिए । ग्रीडमा पानी पसेका कारणले  सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, खोटाङ र झाप...

देवदहको घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल […]

सञ्चालनमा आएको ४ दिन नबित्दै इन्द्रावती तेस्रो पुनः बन्द

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नं टावरमा आइतवार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो । यसअघि गत असार १ गते याङ्ग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । करीब डेढ महीनापछि गत बुधवार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतवार रातिदेखि पुनः बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए । सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र  एउटा भाँचिएको छ । यसको मर्मत गर्न सहज अवस्था भए कम्तीमा १५ दिन लाग्ने उनको भनाइ छ । अविरल वर्षाका कारण बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमा समेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको र बाहुने पाटी, फट्टे, सिमखेतदेखि तालामाराङ तथा हेलम्बुको ग्याल्थुम, चनौटे, किउललगायत क्षेत्रमा  बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमा समस्या रहेकाले विद्युत् पुनः सञ्चालन हुन केही समय लाग्ने हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । बाँकी रहेको बाटोघाटो, पक्की तथा झोलुंगे पुलहरू समेत बाढीले बगाउँदा मर्मतसम्भार र पुनर्निर्माण चुनौतीपूर्ण भएको उनले बताए । वैकल्पिक  रूटबाट ल्याइएको विद्युत् पूर्ण क्षमताको नहुने अर्थात् कम भोल्टेज आउने स्थानीयवासीको गुनासो छ । अहिले मेलम्ची बजारमा वैकल्पिक रूटबाट ल्याइएको विद्युत् परीक्षण भइरहेको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । रासस

विद्युत अवरुद्ध हुँदा ३०० घरधुरीमा अन्धकार

बाग्लुङ : गलकोट नगरपालिका–१ दुदिलाभाटीमा वैशाख १ मा परेको भीषण वर्षाका कारण आएको बाढीले दुई लघु जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा विद्युत् सेवा अवरुद्ध भएको छ।  अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघुजलविद्युत् आयोजना र २१ किलोवाट क्षमताको गौदिखोला ते...

विद्युत् अवरुद्ध हुँदा सञ्चार सेवा विच्छेद  - Karobar National Economic Daily

काठमाडौं: शुक्रबारदेखि तराईका विभिन्न जिल्लामा आएको बाढीका कारण अधिकांश जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा राजधानीलगायत देशका विभिन्न भागबाट गएको राहत सामग्री वितरण तथा बाढी…