काठमाण्डाै – नेकपा एमालेका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्ताे बताउनुभएकाे हाे । उहाँले याे प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताउनुभयो । उहाँले आरोपी पार्टीका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्नुभयो । निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउन...