भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालका पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको लेख प्रति आपत्ति जनाएका छन् । भारतीय पत्रिका द हिन्दूको अनलाइन संस्करणमा प्रकाशित भट्टराईको लेखप्रति उनले समाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।उनले लेखेका छन्, ‘डा. बाबुराम भट्टराई आफ्नो आन्तरिक राजनीतिको बारेमा टिप्पणी गर्न स्वतन्त्र छन् तर आरएसएस र भारतबारे उनको टिप्पणीले उनी अझै पन