नेकपा (एकीकृत समाजवादी)ले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रूपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताएका हुन् । ‘नेपाल सरकारसँग कुनै छलफल विना गरिने विकास निर्माणको काम गैर कानुनी र नेपालको भौगोलिक अखण्डता र स्वाधीनताको गम्भीर उल्लङ्घन हो,’ पूर्व प्रधानमन्त्री खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालको भूमि लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीक