जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा आज उछाल देखिएको छ । कारोबार रकम रु १४ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो […]

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीको शेयर :लाभांश नदिए पनि लगानीकर्ताको आकर्षण बढ्दो

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युत्का छन् । हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ । पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ८९ कम्पनीमा हालसम्म सातओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले लाभांशविना नै साधारणसभा बोलाएका छन् ।  सूचीकृत ८२ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण मानिएको छ ।  राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित र फलदायी हुने विश्लेषक बताउँछन् । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ?  शेयरबजार जोखिम नै जोमिखले भरिएको क्षेत्र हो । शेयरबजारमा लगानी गरेर व्यापक आर्थिक उन्नति गरेका र सर्वस्व गुमाएका दुवै उदाहरण छन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरण, लाभांश जस्ता पक्षलाई राम्ररी केलाएर लगानी गर्न नसके दु:खले आर्जन गरेको रकम गुम्न सक्ने जानकार बताउँछन् । त्यसैले शेयरबजारमा धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने उनीहरुको सुझाव रहन्छ ।  शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ ।  वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण  लगानीकर्ता नवराज दाहाल धेरैजसो अल्पकालीन कारोबारीले जलविद्युत् कम्पनीको शेयर किनबेच गर्ने बताउँछन् । यही कारण उक्त क्षेत्रका कम्पनीको शेयर मूल्यमा बढिरहेको दाहालले बताए । उनको भनाइमा यी कम्पनीमा ३ वर्षको लकइन पिरियड हुन्छ । ‘तीन वर्षपछि हकप्रद शेयरको फन्डा चलाएर पनि शेयर मूल्य उचालिरहेका हुन्छन्,’ दाहालले भने ।  वाणिज्य बैंकको हकमा शेयर संख्या धेरै हुँदा लाभांश घटिरहेको छ । लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सजिलो छैन । इन्स्योरेन्स कम्पनीले हकप्रद, बोनस वा थप निष्कासन (एफपीओ) के गरेर पूँजी पुर्‍याउँछन् भन्ने अन्योल छ । त्यसैले लगानीकर्तासामु कारोबार गर्न विकास बैंक, फाइनान्स र हाइड्रोपावर नै विकल्पका रूपमा रहेको उनको भनाइ छ । ‘अरू सेक्टरका कम्पनीको जस्तो धेरै पूँजी हाइड्रोपावर कम्पनीको छैन ।  अहिले आएका हाइड्रोपावरले २० देखि ३० प्रतिशत शेयर सर्वसाधारणलाई बेचेका हुन्छन्, अरू संस्थापकसँग हुन्छ,’ दाहालले भने, ‘यी कारणले गर्दा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।’ शेयर संख्या थोरै भएपछि चलखेल गर्न पनि सजिलो हुन्छ । यस्तोमा सानो समूहले नै माग बढाएर भाउ उचाल्ने र मूल्य उच्च बिन्दुमा पुगेपछि आफूसँग भएको सबै शेयर बेचेर नाफा कमाउने गर्न पनि सक्छ ।  अर्का लगानीकर्ता विष्णु पराजुली जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्नुमा शेयर संख्या कम हुनुलाई मुख्य कारण मान्छन् । थोरै शेयर हुनेबित्तिकै कारोबारीले केही समय शेयर होल्ड गरेर राख्नेबित्तिकै माग सृजना हुन्छ । ‘अरू सेक्टरका कम्पनीको शेयर संख्या धेरै हुन्छ ।  किनेर राख्यो, मूल्य खासै बढ्दैन,’ पराजुलीले भने, ‘पछिल्लो समय लगानीकर्ताले दीर्घकालीन लगानीभन्दा अल्पकालीन कारोबारमा जोड दिइरहेका छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । यसकारण पनि जलविद्युत् कम्पनीको शेयर मूल्य बढेको हो ।’ आइतवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ५५ प्रतिशत बढेको छ । यस समूहका अधिकांश कम्पनीको शेयरमूल्य माथि गएपछि समूहगत परिसूचक बढेको हो ।

लाभांश नै नदिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा बढी संख्या जलविद्युत् कम्पनीको छ । हाल नेप्सेमा ६३ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ । पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ६३ कम्पनीमध्ये १८ ओटाले मात्रै गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेका छन् । हालसम्म सूचीकृत ४६ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था पनि सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता किन बढी आकर्षित भए ? आम चासोको विषय बनेको छ । राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित मानिन्छ । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ? पछिल्लो समय दीर्घकालीनभन्दा पनि अल्पकालीन रूपमा लगानी गर्ने लगानीकर्ताको संख्या बढेकाले जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमा बढी आकर्षण देखिएको नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् । लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष लाभांशभन्दा बढी बजारको ट्रेन्ड हेरर लगानी गर्ने भएकाले जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमा उनीहरूको आकर्षण बढी देखिएको पोखरेलको भनाइ छ । यसका साथै थोरै कित्ता शेयर भएका कम्पनीमा ठूला लगानीकर्ताले लगानी बढाउँदा पनि यसको सकारात्मक असर जलविद्युत् कम्पनीको शेयरमा देखिएको हो । नेपाल इन्भेस्टर्स फोरमका महासचिव दुर्गा तिवारी कुनै समय अंकित मूल्यभन्दा तल रहेको जलविद्युत् कम्पनीको शेयर मूल्य पछिल्लो समय निकै माथि पुगेको बताउँछिन् । ‘लगानीकर्ताले क्षेत्र परिवर्तन गरी लगानी गर्न रुचाउने हुँदा पछिल्ला वर्षहरूमा जलविद्युत् समूहप्रति बढी आकर्षित भएका हुन्,’ उनी भन्छिन्, ‘पहिला यो क्षेत्रमा सीमित कम्पनी थिए, अहिले आएर यो क्षेत्रका कम्पनीको वर्चस्व भइसक्यो ।’ बजारको अवस्था हेर्दा पछिल्ला केही वर्ष जलविद्युत् समूहले नै बजारलाई डोर्‍याएको तिवारीको बुझाइ छ । यसका साथै पछिल्लो समय जलविद्युत् कम्पनीहरूले कर्जा तिर्नकै लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्थाले पनि लगानीकर्ता बढी आकर्षित बनेको तिवारीको भनाइ छ । अर्को कारण कम पूँजी भएका र प्रोमोटर शेयर पब्लिकमा परिणत नभएका कम्पनीका शेयर मूल्य बढेको तिवारी बताउँछिन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरणलगायत लाभांशलाई राम्रोसँग केलाएर लगानी गर्न नसके दुःखले आर्जन गरेको रकम गुमाउन सक्ने भएकाले धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने विश्लेषक बताउँछन् । शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ । १८ कम्पनीको मात्रै लाभांश नेप्सेमा सूचीकृत ६३ जलविद्युत् कम्पनीमध्ये १८ कम्पनीले मात्रै लाभांश दिने निर्णय गरेका छन् । लाभांश वितरणको निर्णय गरेका कम्पनीमध्ये युनाइटेड मोदी र ङादी ग्रूप पावरबाहेक सबैले वार्षिक साधारणसभामार्फत पारित गरिसकेका छन् ।

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट

विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्से ०.२३ बिन्दुले बढेर तीन हजार १६०.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ बिन्दुले बढेर ५९३.२८ मा पुगेको छ । कूल २२१ कम्पनीको तीन करोड छ लाख १३

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज मात्रै सो कम्पनीको कूल  आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा  सकारात्म

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

रासस। बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ। आयोजनाले असार मसान्तमा १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर ६६ करोड ९४ लाख ४८ हजार ९८९ रुपैयाँ मा खरीदबिक्री भएको छ।