काठमाण्डाै – केही सञ्चारमाध्यमको नाम दुरुपयोग गरेर चुनाव सम्बन्धी भ्रमपूर्ण सामग्री प्रचार भइरहेकोमा प्रेस काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति काउन्सिलले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालमा फैलाइएका सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा कुनै समाचार सम्प्रेषण नगरेको ...