सहमतिमै टुंगियो एमाले मकवानपुरको अधिवेशन : अध्यक्षमा एकलाल श्रेष्ठ, पदाधिकारी र सदस्यमा को - को?

हेटौंडा : नयाँ नेतृत्वको लागि निर्वाचन हुने भनिए पनि नेकपा एमाले मकवानपुरको अधिवेशन सर्बसम्मतिमै टुंगिएको छ। शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशनमा शनिवार साँझसम्म सहमति नहुँदा नेतृत्वका लागि आइतवार मतदान हुने कार्यतालिका बनेको थियो। यद्यपि आइतवार बिहान भएको सहमतिअनुसार एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। हेटौंडामा भएको ११…

सम्बन्धित सामग्री

मकवानपुरमा एमालेका एकलाल श्रेष्ठ विजयी

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहनुभएका उहाँले १४ हजार दुई सय २५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार तीन सय ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ […]

मकवानपुर १ (२) मा एमालेका एकलाल श्रेष्ठ विजयी

मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी भएका छन् । नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहेका उनले १४ हजार दुई सय २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार तीन सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

कमल थापालाई रोक्न एमाले मकवानपुरका नेता बालकोटमा

हेटौंडा : पछिल्लो केहिदिन यता नेकपा एमालेसँगको हिमचिमलाई बढाइरहेका कमल थापाको कदमलाई ब्रेक लगाउन मकवानपुरको एमाले नेताहरू बालकोट पुगेका छन्।एमालेको समर्थनमा मकवानपुर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका राप्रपा नेपालका अध्यक्ष थापालाई रोक्न एमाले मकवानपुरका नेताहरू बालकोट पुगेका हुन्। बागमतीका पूर्वमुख्यमन्त्री तथा पार्टी सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिव नवीन सिग्देलल

एमाले मकवानपुरले बनायो उम्मेदवार छनौट समिति

नेकपा एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको छ । एमाले मकवानपुरको बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको हो ।बैठकले पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरूलाई उम्मेदवार छनौटको जिम्मेवारी दिइएको छ । उक्त निर्णय अनुसार छनौट कमिटीमा एमाले मकवानपुरका इञ्चार्ज रामेश्वर राना, सह–इञ्चार्ज कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप

एमाले मकवानपुर : न निर्वाचन, न सपथ

४ माघ, हेटौंडा । नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत लिन सकेको छैन । २३ पुसमा शुरु भएको ११औं जिल्ला अधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको थियो । अध्यक्षमा श्रेष्ठसँगै बद्रीप्रसाद लम्सालले उम्मेदवारी दिएका थिए, नेताहरुले सहमतिको प्रयास पनि […]

एमाले अधिवेशन : अधिकांश जिल्लामा ‘ओलीपथ’

अधिवेशन सकिएका अधिकांश जिल्लामा एमालेले सर्वसम्मतिबाट कमिटी बनेको बताइरहँदा असन्तुष्टिहरु पनि देखिएका छन् । किनकी नेतृत्व चयन प्रक्रिया चितवनमा सम्पन्न एमालेको १०औं राष्ट्रिय महाधिवेशनसँग मिल्दो देखिन्छ ।

मकवानपुरको एमाले अध्यक्षमा श्रेष्ठ, लम्सालको असन्तुष्टि

नेकपा एमाले मकवानपुरको नेतृत्व चयन प्रक्रियाप्रति अध्यक्षका उम्मेदवार बद्री लम्सालले असन्तुष्टि जनाएका छन् । जिल्ला इन्चार्ज रामेश्वर रानाले एकलाल श्रेष्ठ अध्यक्ष रहेको कमिटी घोषणा गरेपछि लम्सालले असन्तुष्टि जनाएका हुन् ।

एमाले मकवानपुरमा श्रेष्ठ सर्वसम्मत

हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको एघारौं जिल्ला अधिवेशनबाट एकलाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको एमाले बागमती प्रदेश कमिटी उप–सचिव महेश बर्तौलाले नेपालीपत्रलाई जानकारी दिए ।

एमाले मकवानपुर अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत

काठमाडौं । नेकपा (एमाले) को मकवानपुर जिल्ला कमिटी अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् । एघारौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट सर्वसम्मत चयन भएका छन् ।

मकवानपुरमा जेठ २ कै संरचनामा फर्कियो एमाले

हेटौंडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गतेको संरचनामा फर्किएको छ।शनिबार हेटौंडामा तत्कालीन एमाले मकवानपुरको जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बसेर पुरानो संरचनामा फर्किएको हो। वि.स.२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) रोजेपछि पुरोनो संरचनाअनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा बैठक बसेको छ।बैठकमा लम्साल अध्यक्ष, गोपाल श्रेष्ठ उपाध्यक्ष, एकलाल श्रेष्ठ सचिव, लालबहादुर थापा उपसचिवसहितको तीन सय २९ सदस