एमाले मकवानपुर : न निर्वाचन, न सपथ

४ माघ, हेटौंडा । नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत लिन सकेको छैन । २३ पुसमा शुरु भएको ११औं जिल्ला अधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको थियो । अध्यक्षमा श्रेष्ठसँगै बद्रीप्रसाद लम्सालले उम्मेदवारी दिएका थिए, नेताहरुले सहमतिको प्रयास पनि […]

सम्बन्धित सामग्री

मकवानपुर २ मा मतगणना सुरु

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

मकवानपुर– संसदीय आम निर्वाचन नजिकिँदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक-वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरूले प्रकाश पार्दै आएका छन् ।  मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारको क्रममा सत्ता […]

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

मकवानपुर, २५ कात्तिक । संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा (एमाले), राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरुले प्रकाश पार्दै आएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी […]

निर्वाचन सामग्री हेटौँडा आइपुग्यो

हेटौँडा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री मकवानपुर आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) का लागि […]

'यसपटक मकवानपुर १ बाट मेरो जित पक्का छ'

हेटौँडा : आसन्न निर्वाचनको मिति नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहजिल्ला मकवानपुरमा आफ्नो सक्रियता बढाएका छन्।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष थापाले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका हुन्।राजेन्द्र लिङ्देनसँग राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित भएको केही समयपछि उक्त पार्टी परित्याग गरेका थापा पुनः राप्रपा नेपाल पुनर्गठन गरेर पार्टीको नेतृत्व गरिरहेका छन्।थापा चुनाव लक्षित कार्यक्रमहरु संचालन गर्न आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–१

मकवानपुर-१ बाट  कमल थापाको नाम सिफारिस

आसन्न निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर-१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम एकल सिफारिस गरेको हो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर-१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई सर्वसम्मतले निर्णय गरेको हो। अन्य निर्वाचन क्षेत्रमा भने राप्रपा नेपालले उम्मेदवार सिफारिस गरेको छैन । अन्य क्षेत्रको

मकवानपुर कांग्रेस नेतृत्वमा त्रिपक्षीय भिडन्त

हेटौंडा :  नेपाली कांग्रेस मकवानपुरको आज हुन गइरहेको जिल्ला अधिवेशनमा नेतृत्व लिन तीनजना चुनावी मैदानमा होमिएका छन्। सर्वसम्मत रुपमा नेतृत्व चयन नहुने भएपछि कांग्रेस मकवानपुरले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।कांग्रेस मकवानपुर जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रवार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले १४औं जिल्ला निर्वाचन तालिका सार्वजनिक गरेको हो। तालिकाअन्तर्गत आइतवार हेटौँडा उपमहानगरपालिका-१ चौकीटोल ओरालोमा निर्वाचनको कार्यक्रम हुनेछन्।आइतवार ब

कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको  जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भ