बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसको भूमिका के हुने भन्ने सम्बन्धमा सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थालेका छन् ।
बूढानीलकण्ठस्थित देउवा निवासमा सभापति र प्रदेश ३ का नेताहरूबीच छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो ।
प्रतिनिधि सभा विघटनको असरस्वरूप नेकपा विभाजन भएपछि नेकपाकै एउटा पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
सरकार ढाल्नका लागि नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको मत पर्याप्त भएपनि सरकार बनाउन भने...