नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि