काठमाडौं : परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ बारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने स्पष्ट पारेको छ । बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनै पनि निर्णय नगर्ने जानकारी गराएको हो। पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्था भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन्।अग्निपथको बारेमा नयाँ आउने सरकारले निर्णय गर्ने