एजेन्सी। फिल्म 'चिकन मसाला और कोल्ड लस्सी'सहित केही टिभी-शो गरेकी बलिउड अभिनेत्री सलोनी खन्नाले आफ्नो विवाहमा खर्च हुने रकम कोरोनापीडितलाई सहयोग गर्ने बताएकी छिन्। सलोनीले एक भारतीय अनलाइन पोर्टलमा अन्तर्वार्ता दिने क्रममा आफ्नो विवाहमा लाग्ने खर्च कोरोना पीडितलाई दिने बताएकी हुन्।सलोनीले मे ५ मा विराज पटेलसँग कोर्ट म्यारिज गरेकी थिइन्।सलोनीले अन्तर्वार्तामा विवाह खर्च कोरोना पीडितलाई दिने निर्णय दुवैको भएको बताइन्।
दाङका एक जोडीले विवाह खर्च कटौती गरेर कोरोना संक्रमितकाे अक्सिजनका लागि रकम प्रदान गरेका छन् । घोराही नगरपालिका वडा नम्बर–१८का अविनाश राना र सिर्जना रानाले केही दिन अघि गरिएको विवाहमा खर्च कटौती गरी अक्सिजन खरिद गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।विवाह खर्च कटाइ अक्सिजन खरिदका लागि रकम सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुशी लागेको नवविवाहित जोडीको भनाइ छ । राना र कुँवर बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास
वैशाख २९, दाङ । दाङमा एक नवविवाहित जोडिले विवाह खर्च कटाएर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ५१ ह्जार रुपैयाँ सहयोग गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निवासी अविनाश राना र सिर्जना राना कँुवरले आफ्नो विवाहको खर्च कटाएर अक्सिजन सिलिन्डर खरीद गर्न लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उक्त रकम सहयोग गरेका हुन् ।
जिल्लामा हाल कोरोनाका संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण यसमा केहि सहयोग पुगोस भनेर आफूहरुले विवाहको खर्च कटाएर सो रकम सहयोग गरेको ती नवदम्पतीले बताए ।
उनीहरु बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विवाह भएको थियो । नवविवाहित जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, कामु रजिष्टार झङ्कार लामिछानेलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
उपकुलपती भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरीदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिंदै वैवाहिक बन्धनमा बाँधिएकोमा सफल दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिएकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका राप्ती व्यूरो सदस्य तथा रुकुम पश्चिम जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले विवाहको फजुल खर्च कटौती गरेर कोरोना अस्पताल र सहिदका छोराछोरीलाई आर्थिक सहयोग गरेका छन् । भूमिगत शैलीमा जनवादी विवाह गरेका चन्द्रबहादुरले रुकुम पश्चिममा रहेको कोरोना अस्पताल आठवीसकोट र दाङका सहिद गोकुल रानाका छोराछोरीलाई २५/२५ हजार रूपैयाँ सहयोग गरेका हुन् ।
अमेरिकामा बस्दै आएका विभूषण शाक्य र सिल्भा श्रेष्ठले विवाह खर्च कटाएर १० लाख रुपैयाँ ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन् । उनीहरूले विवाहमा मितव्ययिता अपनाएर सार्वजनिक शिक्षा सुधारको अभियानलाई...पूरा पढ्नुहोस् »