विवाह खर्च कटाैती गरेर संक्रमितलाई अक्सिजन

दाङका एक जोडीले विवाह खर्च कटौती गरेर कोरोना संक्रमितकाे अक्सिजनका लागि रकम प्रदान गरेका छन् । घोराही नगरपालिका वडा नम्बर–१८का अविनाश राना र सिर्जना रानाले केही दिन अघि गरिएको विवाहमा खर्च कटौती गरी अक्सिजन खरिद गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।विवाह खर्च कटाइ अक्सिजन खरिदका लागि रकम सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुशी लागेको नवविवाहित जोडीको भनाइ छ । राना र कुँवर बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास

सम्बन्धित सामग्री

विवाह खर्च कटाएर कोरोना संक्रमितको उपचारका लागि अस्पताललाई  ५१ हजार सहयोग

वैशाख २९, दाङ । दाङमा एक नवविवाहित जोडिले विवाह खर्च कटाएर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ५१ ह्जार रुपैयाँ सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निवासी अविनाश राना र सिर्जना राना कँुवरले आफ्नो विवाहको खर्च कटाएर अक्सिजन सिलिन्डर खरीद गर्न लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उक्त रकम सहयोग गरेका हुन् । जिल्लामा हाल कोरोनाका संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण यसमा केहि सहयोग पुगोस भनेर आफूहरुले विवाहको खर्च कटाएर सो रकम सहयोग गरेको ती नवदम्पतीले बताए । उनीहरु बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विवाह भएको थियो । नवविवाहित जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, कामु रजिष्टार झङ्कार लामिछानेलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । उपकुलपती भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरीदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिंदै वैवाहिक बन्धनमा बाँधिएकोमा सफल दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिएकी छन् ।

विवाह खर्च कटाएर प्रतिष्ठानलाई ५१ हजार सहयोग

घोराहीका एक नवबिवाहित दम्पत्तिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका छन्।