डोजरले भत्काएको संरचना सामग्री महानगरले नै हटाउने

काठमाडौं : अवैध रूपमा बनाएका संरचनामा डोजर लगाई भत्काएको संरचना महानगर आफैँले हटाउने भएको छ।  महानगरले भत्काएको  सामग्री घर धनीले नहटाइ अलपत्र पारेसँगै आफैँले हटाउन लागेको महानगरपालिकाले जनाएको छ।पहिलो चरणमा घरधनी आफैँलाई हटाउन निर्देशन दिएका छौँ। महानगरका चर स्थानबाट माइकिङ गरिरहेको छ। पहिलो जिम्मेवारी घरधनीको हो यदि त्यति गर्दा पनि नहटाए महानगरले भत्काउने नगर प्रहरी राजु नाथ पाण्डेले जानकारी दिए। यसअघि भत्काएको संरचना घरधनी आफैँले हटाउने भनिएको थियो। भत्काएको एक हप्तासम्म पनि अल

सम्बन्धित सामग्री

महानगरले मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड हटाउने

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका राखेका सबै होर्डिङ बोर्ड हटाउने भएको छ । यही क्रममा नगर प्रहरी बलका सदस्यहरूले बागबजार, पुतलीसडक, कालीमाटी, कलंकी, कुलेश्वर क्षेत्रमा होर्डिङ बोर्ड हटाउन थालिसकेको छ । हालसम्म ९५ वटा...

भरतपुर महानगरले अवैध संरचना हटाउने

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ […]

भरतपुर महानगरले पनि अवैध संरचना हटाउने

चितवन- भरतपुर महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो। महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैँले हटाउने जनाएको छ। संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ। महानगरले सार्वजनिक जग्गामा […]

कोटेश्वरको अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।  महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो  । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।

पाशुपत क्षेत्रका अव्यवस्थित संरचना शनिबारदेखि महानगरले हटाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन थालेको छ।वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे। पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरुपमा उत्रिनु परेको उनकाे भनाइ थियो।महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको सङ्

मापदण्ड विपरीतका पर्खाल काठमाण्डौ महानगरले हटाउने

काठमाडौं।नेपालमा आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।मापदण्ड विपरीत बनेका पर्खाल ३५ दिनभित्रमा काठमाण्डौ महानगरले हटाउने भएको छ।राष्ट्रियसभामा रिक्त चार समितिले आज सभापति पाउने भएको छ।कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै छ।भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।

महानगरले अब धोबीचौरको अनधिकृत टहरा हटाउने

काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाले केही दिन यता अनधिकृत संरचना हटाउँदै आएको छ । महानगरले अब धोबीचौर–१७ स्थित बनेका अनधिकृत टहरा हटाउन डोजर चलाउने भएको हो । आज महाराजगञ्ज, बसुन्धरा क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएको थियो । File Photo

काठमाडौं महानगरले मापदण्डविपरीतका होडिङबोर्ड हटाउने

काठमाडौं।काठमाडौं महानगरपलिकाले मापदण्डविपरीत राखिएका होडिङबोर्डहरु हटाउने भएको छ। राप्रपाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ। पहिरोले अवरुद्व नारायणगढ–मुग्लिन सडक आठ घण्टापछि खुल्ला गरिएको छ।काठमाडौंको गोकर्णेश्वर नगरपलिकामा अनुमतिबिना स्काभेटर चलाउन रोक लगाइएको छ। मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन गरिएको छ।

महानगरले अब होर्डिङ बोर्ड पनि हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड समेत हटाउने भएको छ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब होर्डिङ बोर्ड पनि हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ […]

महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ । नक्सापास विपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो । महानगरले सो स्थानमा मापदण्ड विपरीतको संरचना पनि हटाउने जनाएको छ । त्यस्तै सोमबार महानगरले सुरज आर्केड लगायत विशाल बजार लगायत अन्य कम्प्लेक्सको पनि निरीक्षण गरेको छ । सो क्रममा […]