काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाले केही दिन यता अनधिकृत संरचना हटाउँदै आएको छ । महानगरले अब धोबीचौर–१७ स्थित बनेका अनधिकृत टहरा हटाउन डोजर चलाउने भएको हो । आज महाराजगञ्ज, बसुन्धरा क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएको थियो । File Photo
काठमाडौं – काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउने भएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले हटाउन लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।
माेरङ- विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ। विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ। सो अभियान विराटनगरको मेनरोडबाट सुरु गरिएको छ। महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका […]
बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।
काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका अनधिकृत संरचना निरन्तर हटाउने जनाएको छ । गत बिहीबारदेखि टुकुचा उत्खनन सुरु गरेको महानगरले सोमबार कमलादीस्थित लक्ष्मी बैंकको दक्षिण र उत्तरपट्टि अनधिकृत रूपमा बनेका पाँचवटा टहरा भत्काएको...
३१ भदौ, काठमाडौ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएको छ । ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ । आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर […]
२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचना हटाउने भएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको अनधिकृत टहरा हटाउन महानगरले डोजर चलाउने भएको छ । बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाउने भएको महानगरले जनाएको छ । महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै […]
९ भदौ, काठमाडौं । काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ । आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ । दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । […]
काठमाडौं महानगरले नर्भिक इन्टरनेसनल हस्पिटलको नक्सा पासबिना बनाएको टहरा अन्ततः हटाउने भएको छ । मंगलबार हस्पिटल र महानगर प्रमुख बालेनबीच टहरा भत्काउने सम्झौता भएको छ ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो ।घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका सहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत न
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभइ बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौँ प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो। घरधनीले नहटाएमा महानगरले आफैले ती संरचना हटाउने […]