काठमाण्डौ – दक्षिण कोरियाले सबै विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ ।
कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन । दक्षिण कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैले ...