काठमाण्डाै – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कुनै प्रस्ताव र लिखित सहमति विनाकाे संवादकाे कुनै अर्थ नभएकाे बताउनुभएकाे छ । बिहीवार दिउँसाे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएकाे भेटप्रति नेत्री झाँक्रीले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ । ठोस प्रस्ताव विनाकाे संवादको अर्थ...