ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएकाे छ । हरिसिद्धि सडक खुलाउन साेमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्स्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् ।सहमति अनुसार आज मंगलबारबाटै कामदार बढाएर काम सुचारु हुने सिएम कन्स्ट्रक्सनका प्रतिनिधि विक्रा