योजना आयोगका उपाध्यक्ष कँडेलले भने- ‘मुलुक बजेटविहीन हुनुमा सरकार दोषी’

काठमाडौँ – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटविहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताएका छन् । विभिन्न राजनीतिक खिचातानीलगायत कारणले मुलुकले बजेट शून्यताको स्थिति सामना गर्नु नपरोस् भनेर संविधानमै जेठ १५ गते बजेट संसद्मा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दै उनले अहिले मुलुक बजेट शून्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको […]

सम्बन्धित सामग्री

सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न […]

उपाध्यक्ष श्रेष्ठसँग निवर्माण व्यवसायीको भेट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँगको भेटमा उपाध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । निर्माण व्यवसायीले निर्माण उद्योगमा धेरै समस्या रहेको बताउँदै सबै मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । जग्गा […]

चुनाव लड्न योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले दिए राजिनामा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रतिनिधिसभाको चुनाव लड्न राजिनामा दिएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ बाट चुनाव लड्न लागेका हुन् । डा. पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिएको बताएका छन् । टिकट पाउने निश्चित भएपछि उनले  उनले दशैँ अघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।  शेर बहादुर देउवा नेतृत्वको सरकार बनेपछि उनले १२ साउन २०७८ मा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।  डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । हाल सो क्षेत्रमा डा. वाग्लेको पनि दाबी रहेकोमा पौडेलले टिकट पाएका हुन् ।

सात वर्ष अघिको आईपीओ ल्याउने सुझाव थन्क्याएर निगममा निजी क्षेत्र घुसाउन चलखेल

सरकार यतिबेला नेपाल आयल निगमको निश्चित सेयर निजी क्षेत्रलाई दिने गरी आन्तरिक तयारीमा जुटेको छ । यसका लागि योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको नेतृत्वमा अध्ययन टोली नै गठन भइसकेको छ । टोलीले दिने सुझावअनुसार निगममा १० देखि १५ प्रतिशतसम्म सेयर निजी क्षेत्रलाई दिन सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।तर, पेट्रोलियम पदार्थ बिक्रीबाट भएको घाटा ब्यहोर्न नसक्ने भन्दै निजी क्षेत्रलाई सेयर वितरण गरेर निगममा घुसाउने तयारी भइरहँदा सरकारले ७ वर्ष अघिको सुझावलाई भने दराजमा थन्क्याएको

लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथि नजाने

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि,स्वास्थ्य,शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको बताएका छन् । उनले टुक्रे योजना भन्दा पनि एकीकृत र परिमाण देखिने गरी योजना ल्याउने तयारीमा प्रदेश सरकार छलफलमा लागेको बताएका हुन् । रिपोर्टर्स क्लब  लुम्बिनी प्रदेशले आज बुटवलमा  गरेको साक्षात्कार कार्यक्रममा बोल्दै क्षेत्रीले खाद्यान्न आयात कम हुने गरी कृषि कार्यविधि बनाएर कृषकलाई सहुलियत दिने र व्याजमा अनुदान उपलब्ध गराउने नीति ल्याउन लागेको बताए ।

आयात निरुत्साहन : नेपाली उत्पादन बढाउने अवसर

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताउनुभएको छ । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो । उद्योगीहरूले नेपालमा पर्याप्त उत्पादन हुने औषधि आयात रोक लगाउनुपर्ने माग गरेपछि पौडेलले यो …

विलासी वस्तुमा कर बढाउँदै सरकार : विदेशमा रहेका नेपाली श्रमिकलाई आइपिओमा कोटा

सरकारले विलासी वस्तुको भन्सार दरबन्दी बढाउने भएको छ । अघिल्लो मंगलबार मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिवलगायतका पदाधिकारी बैठकले भन्सार बढाउने निर्णय गरेको सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री...

लुम्बीनी प्रदेशमा सार्वजनिक–निजी कार्यक्रम सञ्चालन गर्ने सहमति

हेटौंडा : लुम्बीनी प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रबीच सार्वजनिक–निजी कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का र केन्द्रका सभापति अरुणराज सुमार्गीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।त्यस्तैगरी समझदारी पत्रमा प्रदेश सरकारका तर्फबाट प्रदेश योजना आयोगका उपाध्यक्ष र महासंघ लुम्बीनी प्रदेश अध्यक्ष कृष्ण शर्माले पनि हस्ताक्षर गरेका छन्।प्रदेश सरकारको वार्षिक बजेट तथा कार्

धितोपत्र बोर्डको अध्यक्ष पदमा दोस्रो आवेदन आह्वान गर्ने तयारीमा सरकार

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि दोस्रोपटक सिफरिस समिति बनाउने भएको छ । यसअघि बनाएको समिति विवादित बनेपछि सरकारले दोस्रोपटक समिति बनाउने भएको हो ।अध्यक्ष छनौट सिफारिस समिति संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल थिए । पौडेलले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेगरी अनिल पौडेललाई आवेदन दिन लगाएपछि छनौट समिति विवादित बनेको थियो । यसअघिको आवेदन विवादित बनेपछि फेरि आवेदन दिनुपर्ने भएको छ ।यसअघि ११ जनाले बोर्डको अध्यक्ष बन्न आवेदन दिएका थिए । आवेदन दिएकामध्ये केही

योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेको राजीनामा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आइतबार राजीनामा दिएका छन्। आफ्नो ६ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले पत्रकारमाझ भने, ‘प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु। नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचारस्वरुप आफू पदमा रहिनरहने…