लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथि नजाने

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि,स्वास्थ्य,शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको बताएका छन् । उनले टुक्रे योजना भन्दा पनि एकीकृत र परिमाण देखिने गरी योजना ल्याउने तयारीमा प्रदेश सरकार छलफलमा लागेको बताएका हुन् । रिपोर्टर्स क्लब  लुम्बिनी प्रदेशले आज बुटवलमा  गरेको साक्षात्कार कार्यक्रममा बोल्दै क्षेत्रीले खाद्यान्न आयात कम हुने गरी कृषि कार्यविधि बनाएर कृषकलाई सहुलियत दिने र व्याजमा अनुदान उपलब्ध गराउने नीति ल्याउन लागेको बताए ।