नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
स्मार्टच्वाइस टेक्नोलोजिज् र बैंकको यस सहकार्यले मुलुकको समग्र डिजिटल इकोसिस्टमको विका...