बाँके - नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे छ ।
कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि अभाव टार्न उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे हाे ।
भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानमा रहेकाे तालिम केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभय...