सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न पालिकामा कोरोना सङ्क्रमितहरुलाई राख्नका लागि निर्माण गरिएका आइसोलेशन केन्द्रहरु पछिल्लो समयमा खाली हुँदै गएको छन् । नयाँ भेरियन्ट हितको दोस्रो लहरको कोरोना संक्रमितहरुलाई लक्षित गरी जिल्ला भर विभिन्न पालिका गरी १६ वटा आइसोलेशन केन्द्र सञ्चालन रहेकोमा हाल आघा भन्दा बढी खाली भएको हो ।
जिल्लाको सदरमुकाम इनरुवा ४ मा रहेको बसपार्क आइसोलेसन केन्द्र, इनरुवा ३ को आइसोलेशन केन्द्र, इनरुवा ५ बलाहा बहुमुखी क्याम्पस आइसोलेशन केन्द्र र इनरुवा अस्पताल स्थित कोभिड उपचार केन्द्रमा समेत कोहि पनि संक्रममित नभई खाली रहेको जनाइएको छ ।