काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा अक्सिजनको व्यवस्थासहित ६० शøयाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमण बढेपछि उक्त क्षमताको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।
‘नगरपालिकाभित्र दिनानुदिन कोरोना संक्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो,’ उनले भने । नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० शøया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० शय्याको आइसोलेशन केन्द निर्माण गरिएको उनले बताए ।
यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ शय्याको आइसोलेशन केन्द्र स्थापना गर्ने बताएको छ । चन्द्रागिरिमा सोमवारसम्ममा ९८६ सक्रिय संक्रमित भने हालसम्म यहाँ कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् । रासस