शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन
दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौंका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो।
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न पालिकामा कोरोना सङ्क्रमितहरुलाई राख्नका लागि निर्माण गरिएका आइसोलेशन केन्द्रहरु पछिल्लो समयमा खाली हुँदै गएको छन् । नयाँ भेरियन्ट हितको दोस्रो लहरको कोरोना संक्रमितहरुलाई लक्षित गरी जिल्ला भर विभिन्न पालिका गरी १६ वटा आइसोलेशन केन्द्र सञ्चालन रहेकोमा हाल आघा भन्दा बढी खाली भएको हो ।
जिल्लाको सदरमुकाम इनरुवा ४ मा रहेको बसपार्क आइसोलेसन केन्द्र, इनरुवा ३ को आइसोलेशन केन्द्र, इनरुवा ५ बलाहा बहुमुखी क्याम्पस आइसोलेशन केन्द्र र इनरुवा अस्पताल स्थित कोभिड उपचार केन्द्रमा समेत कोहि पनि संक्रममित नभई खाली रहेको जनाइएको छ ।
काठमाडौं । काठमाडौंको गौशालामा ५१ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधवार शुभारम्भ गरे ।
केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले जानकारी दिए । नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको उनले बताए ।
उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । ‘यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन,’ उनले भने, ‘सरकारले अभिभावकको भूमिका निर्वाह गर्छ, तर यो लडाइँ सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’
केन्द्रलाई पूर्णरूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । अहिले देशका ८६ ठाउँमा पीसीआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको उनले बताए । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।
सातओटै प्रदेशमा सात र काठमाडौंमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरू गर्ने उपप्रधानमन्त्री पोखरेलले बताए । रासस
स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभयो । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं (सिसिएमसी)का संयोजक पोखरेललाई जानकारी गराउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले …
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा अक्सिजनको व्यवस्थासहित ६० शøयाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमण बढेपछि उक्त क्षमताको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।
‘नगरपालिकाभित्र दिनानुदिन कोरोना संक्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो,’ उनले भने । नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० शøया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० शय्याको आइसोलेशन केन्द निर्माण गरिएको उनले बताए ।
यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ शय्याको आइसोलेशन केन्द्र स्थापना गर्ने बताएको छ । चन्द्रागिरिमा सोमवारसम्ममा ९८६ सक्रिय संक्रमित भने हालसम्म यहाँ कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् । रासस
काठमाडौँ : काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो।
नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी…
काठमाडौं। क्षेत्रपाटीको गोर्खा अस्पतालमा आइसोलेशन सेन्टर सञ्चालनमा आउने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ ले संयुक्तरुपमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने भएका हुन्। आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने सहमतीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १९ का अध्यक्ष नवीन मानन्धरले हस्ताक्षर गरे।
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले मुख्यसचिव डा.शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन टेलि
जनकपुरधाम । कोरोनाभाइरसको सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले मंगलबारबाट आइसोलेशन केन्द्र सञ्चालन गरेको छ ।
उपमहानगरपालिका– ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो ।
भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताउनुभयो । उहाँका अनुसार भारतबाट फर्किएका सङ्क्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको हो । यहाँ …
दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शय्याको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् । राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् ।