नेकपा एमाले फुटाउने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको एमाले नेता भीम आचार्यले आरोप लगाएका छन् ।
एमालेमा माधव नेपाल र झलनाथ खनाल समूहमा रहेका आचार्यले प्रधानमन्त्रीलाई विश्वासको मत लिन एक महिनाको समय हुँदाहुँदै अहिल्यै एमाले फुटाउने उद्देश्यले विश्वासको मत लिन लागेको प्रतिक्रिया दिएका हुन् ।
‘विश्वासको मतको लागि अझै प्रशस्त समय थियो । अरू विकल्प पनि हुन सक्थे तर, अहिल्यै विश्वासको मत लिन खोज्नु भनेको पार्टी फुटाउने एउटै उद्देश्य हो,’ उनले भने ।
कोटेश्वरमा ...