हेटौंडा : सत्ता लम्ब्याउन बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जे जस्ता उपाय अपनाइन् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदमा रहीरहन त्यसै त्यसै गरेका छन्।नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका शाक्य र आचार्य दुवैले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुको साटो विभिन्न बहानामा आलटाल गर्दै सत्ता लम्ब्याउँदै आएका छन्।गएको असोज २५ गतेभित्रै संसदमा विश्वासको मत लिनुपर्ने भएपनि मुख्यमन्त्री शाक्य र आचार्यले हालसम्म संसदमा विश्वासको मत माग्ने र प्रस्ताव मात्र&nb