विराटनगर : प्रदेश १ सरकार गठन भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन। नेकपा एमालेबाट एकल बहुमत दाबी गर्दै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य ३ सातादेखि ३ सदस्यीय मन्त्रिपरिषदको नेतृत्व गरिरहेका छन्।मन्त्रिपरिषदलाई पूर्णता दिने उनका प्रयासले सफलता पाएका छैनन्। मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट उनले पहिले आफ्नै समूहमा रहेका २ सांसदलाई मन्त्रिपरिषदमा सामेल गराए।त्यसपछि विभाजनको पक्षमा उभिएका सांसदलाई फकाउन भदौ २३ गतेसम्म मन्त्रिपरिषद विस्तार नगर