नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आवश्यक बहुमत सङ्ख्या पु–याएर सरकार जोगाउनका लागि सांसदहरू तानातान सुरु भएको हो । मुख्यमन्त्री आचार्यसहित सत्तापक्षका नेताहरू विभाजनपछि नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन