मार्केट पण्डित क्यापिटलको ५ प्रतिशत हकप्रद शेयर आजबाट विक्रीमा

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले आजबाट ५ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । क्यापिटलले चैत ४ गतेसम्म कायम शेयरधनीहरूका लागि एक शेयर बराबर नयाँ शून्य दशमलव पाँच शेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।  प्रतिशेयर रू. १०० अंकित मूल्यमा विक्रीमा आएको यो हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ती खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ ।  पछिल्लो समय मचेन्ट बैंकरहरूले हकप्रद शेयरमार्फत पूँजी वृद्धि गरिरहेको अवस्थामा यस कम्पनीले पनि पूँजी बढाउन हकप्रद जारी गरेको बताइएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर विक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १ लाख ४२ हजार कित्ता अवितरित हकप्रद शेयर आज (असोज २९ गते)बाट विक्रीमा ल्याएको छ । जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता छ ।  विक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यस आधारमा लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र आउँदो कात्तिक १३ गतेसम्म पेस गर्नुपर्नेछ ।  बोलपत्र धितोपत्र विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौं, नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरू थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।

एशियन क्यापिटलको ११० % हकप्रद शेयर विक्रीमा

काठमाडौं । एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद शेयर चैत ८ गतेदेखि विक्रीमा ल्याएको छ ।  कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० बराबर ११ कित्ता हकप्रद शेयर खरीद गर्न पाउने गरी वैशाख १२ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । नेपाल धितोपत्र बोर्डमा स्वीकृति प्राप्त गरेको उक्त कम्पनीले मर्चेन्ट बैंकरको रुपमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा सुविधा विस्तारका लागि पूँजी बढाउन लागेको हो ।

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्काशनमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । फाइनान्सको २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९०४ रुपैयाँ, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।  हिमाल दोलखा हाईड्रोपावरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि विक्री खुला

माघ ११, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर आज (मंगलवार) देखि निष्कासन तथा विक्री खुला भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १ गते अनुमति पाएको हो ।

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि

काठमाडौँ– मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा यही कात्तिक २३ गते सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा कमलादी, काठमाडौँमा भएको विशेष साधारणसभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । हकप्रद शेयर निष्काशनपछि क्यापिटलको पुँजि वृद्धि भई ४० करोड ५० लाख पुग्ने जनाइएको छ । मुक्तिनाथ क्यापिटल […]

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ

अपि पावर कम्पनीको आज हकप्रदका लागि बोलपत्र खोलिदै

काठमाडौं, २४ साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, हात्तिसार मार्ग, कमलादीमा आज खोलिने जनाइएको छ । जेठ २० गते देखि साउन १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर […]