रुकुम पूर्वमा कोरोना सङ्क्रमणबाट एमाले नेताको निधन भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १० बाछीगाउँका सतमान पुनको आज निधन भएको हो ।
नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य रहेका भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम –पूर्वका अध्यक्ष पुनको उपचारको क्रममा बाँकेको कोहलपुर निधन भएको हो ।
नेता पुनलाई केही दिन अघि सङ्क्रमण पुष्टि भएको थियो । कोरोना भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल सल्ले रुकुम –पश्चिममा लगिएको थियो । स्वास्थ्य अवस्था झनै ज...