कोरोना संक्रमणबाट रुपन्देहीका पत्रकार चौधरीको निधन

रुपन्देहीका पत्रकार हिक्मत चौधरीको बुधवार बिहान निधन भएको छ । कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका चौधरीको निधन भएको हो । उनमा २ हप्ताअघि कोरोना पुष्टि भएको थियो । लामो समयदेखि पत्रकारितामा संलग्न ६१ वर्षीय चौधरी रेडियो लुम्बिनीमा कार्यरत थिए । 

सम्बन्धित सामग्री

पोस्ट कोभिडका कारण वरिष्ठ पत्रकार विनोद दुआको निधन

भारतका वरिष्ठ पत्रकार विनोद दुआको ६७ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी छोरी मल्लिका दुआले उनको अन्तिम संस्कार दिल्लीको लोधी नगरको आर्यघाटमा गरिने जानकारी दिएकी छन् ।दुआ पोस्ट कोभिड बिरामीका कारण गम्भीर भएपछि आईसीयूमा भर्ना भएका थिए । दूरदर्शन र एनडीटीभीमा लामो समय काम गरेका दुआ यो वर्षको सुरुवातमा कोरोना सङ्क्रमित बनेका थिए । त्यति बेला पनि उनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो ।

कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा मधुमेह, निमोनिया समेत थियो । माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे« एफएममा पनि संलग्न थिए । […] The post कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

पोखराका पुराना पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा बुधवार राति करीब ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । उनले गगन दैनिक, माइक्रो न्यूज दैनिक, आदर्श समाज दैनिकमा सम्पादक भई लामो समय काम गरेका थिए ।  नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक सदस्य उनी पोखरा महानगरपालिका–५ मालेपाटनमा बस्दै आएका थिए ।  बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्की ...

पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको कोरोनाबाट निधन

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।  रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थए ।बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेम

पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारीको कोरोनाबाट निधन

काठमाडौं : कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ।शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए।  पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ घर भएका भण्डारी १२ दिनदेखि उपचाररत थिए। ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोरा-छोरी छन्। कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य रहेका भण्डारी  सोही एकेडेमीमा प्राध्यापक थिए।

बानका अध्यक्ष न्यौपानेको कोरोना सङ्क्रमणबाट निधन

इनरुवा । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिए । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन […]

७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित

काठमाडौं । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।

कोरोना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडौं, जेठ २ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिबार राति निधन भएको हो । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मेका कार्की जनता टाइम्स डट कमको सम्पादक रहेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य […]

कोरोनाले पत्रकार दिनेश दाहालकोे निधन

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले दाहालको निधन भएको पुष्टि गरेका हुन् । स्वर्गीय दाहाल एनटीएका उपाध्यक्ष समेत हुन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।गोकर्णेश्वर दक्षिण ढोका निवासी ४० वर्षीय स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए  । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य स्व. दाहालको शनिबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्व. दाहालका श्रीमति, १ छोरा र १ छोरी छन

भारतीय पत्रकार रोहित सरदानाको निधन, एक हप्ता अघि देखिएको थियो कोरोना संक्रमण

भारतीय पत्रकार रोहित सरदानाको निधन भएको छ। एक साता अघि उनमा कोरोना संक्रमण देखिएपछि मेट्रो अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान हृदयघात भएर उनको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय न्यूज च्यानल आजतकमा उनले विभिन्न टकशोहरु संचालन गर्दै आएका थिए। आजतक अघि उनले जी न्यूजमा टकशो संचालन गरेका थिए।…