कोरोना संक्रमणबाट कांग्रेस नेता रामजी कुँवरको निधन

२१ असार, काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कुँवरको सोमबार दिउँसो निधन भएको हो । कुँवर अपरान्ह साढे पाँच बजे निधन भएको आफन्त डा. केदारनरसिंह केसीले जानकारी दिए । कुँवर स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार थिए ।