आन्तरिक राजश्व कार्यालयको परिचयपत्र देखाएर ठग्ने युवाहरु पक्राउ (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । आन्तरिक राजश्व कार्यालयको परिचयपत्र देखाएर ठग्ने युवाहरु पक्राउ परेका छन् । ती युवाहरूलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । परिसर प्रमुख एसएसपी भरत बोहराले उनीहरूमाथि ठगी तथा कीर्ते गर्न नहुने कसूरमा अनुसन्धान जारी रहेको बताएका छन् । सरकारी पोशाकमा रहेका उनीहरूले केही दिनदेखि पहिचान फेरेर विभिन्न ठाउँमा अनुगमनको नाममा […]

सम्बन्धित सामग्री

आन्तरिक राजश्व कार्यालयद्वारा जुम्लामा करदाता शिक्षा

जुम्ला – जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले करदाता शिक्षा दिन शुरु गरेको हो । सरकारले राजश्व बढाउने उद्देश्यले व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै व्यवसाय नवीकरण गर्ने उद्देश्यले करदाता शिक्षा शुरु गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । पतारासी गाउँपालिकाको लासी बजारमा सञ्चालित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेमप्रसाद उपाध्याय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण...

जुम्ला,कालिकोट र मुगुको राजश्व सङ्कलन निराशाजनक

आन्तरिक राजश्व कार्यालय जुम्लाका अनुसार जुम्ला, कालिकोट र मुगुको राजश्व सङ्कलन निराशाजनक देखिएको छ।...

३० हजार घुससहित आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ।...

भक्तपुरमा करसम्बन्धी अन्तरक्रिया

आर्थिक वर्ष २०७८/७९मा नेपाल सरकारले आयकरमा व्यवस्था गरेको छुट सुविधा तथा संशोधन सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग वेविनार अन्तरक्रिया गरिएको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताए।...

राजश्व छलीका सूर्तिजन्य पदार्थलाई १४ लाख धरौटी

आन्तरिक राजश्व कार्यालय सुर्खेतले गोर्खा टोवाद्वारा उत्पादित सूर्तिजन्य पदार्थ राजश्व छली गरि बिक्रीवितरण गरेको भन्दै १४ लाख धरौटी माग गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजश्व छलीका सूर्तिजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा बुझाए...

डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत पक्राउ

काठमाण्डाै - आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।   सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाको आधारमा ढकाललाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । ढकालले घुसबापतको रकम आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई लिन लगाएका थिए । अख्तियारले कर्णलाई समेत पक्राउ गरेको छ ।

आन्तरिक राजश्व कार्यालय उत्कृष्ट

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर संकलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व संकलन गर्नुका साथै समग्र कार्यालयको सूचकांकमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तरराजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ ।