३० हजार घुससहित आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

सम्बन्धित सामग्री

राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जकी कम्प्युटर अधिकृतलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले आन्तरिक राजश्व कार्यालयमा कार्यरत ललितपुर महानगर वडा नं. १७ बस्ने ५१ वर्षीया विन्दु श्रेष्ठ प्रधानलाई घुससहित पक्राउ नियन्त्रणमा लिएको हो । कम्प्युटर बिलिङको सफ्टवयर स्विकृतिको लागि महाराजगञ्ज जाँदा सेवाग्राहीको काम […]

कार्यकक्षबाटै ३० हजार घुससहित पक्राउ परिन् कम्प्युटर अधिकृत

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो । कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । मंगलबारमात्र आयोगले पर्यटन […]