डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत पक्राउ

काठमाण्डाै - आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।   सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाको आधारमा ढकाललाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । ढकालले घुसबापतको रकम आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई लिन लगाएका थिए । अख्तियारले कर्णलाई समेत पक्राउ गरेको छ । 

सम्बन्धित सामग्री

राजश्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध डेढ लाख घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कर अधिकृत ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले...

राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्। जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी…