आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुधबार सेवाग्राहीसँग तीस हजार घुस रकमसहित रंगेहात पक्राउ परेकी कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग तीस हजार घुस लिएको रकमसहित कार्यकक्षबाटै पक्राउ परेकी प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । कम्प्युटराइज्ड बिलिङको अ