जुम्ला – जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले करदाता शिक्षा दिन शुरु गरेको हो ।
सरकारले राजश्व बढाउने उद्देश्यले व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै व्यवसाय नवीकरण गर्ने उद्देश्यले करदाता शिक्षा शुरु गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।
पतारासी गाउँपालिकाको लासी बजारमा सञ्चालित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेमप्रसाद उपाध्याय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण...