सुन्तलाकाे उत्पादन बढेपछि म्याग्दीकाे अन्नपूर्णका कृषक उत्साहित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँका कृषकले सुन्तला बिक्री गरेर २ करोड रूपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । गत वर्ष ७५ लाखको सुन्तला बिक्री गरेका दोसल्लेका कृषकहरु यो वर्ष उत्पादन राम्रो हुँदा उत्साहित भएका छन् । गत वर्षको भन्दा दुई गुणा बढी उत्पादन र आम्दानी भएपछि […]

सम्बन्धित सामग्री

बाँसखर्कको सुन्तलाले पायो रैथानेको मान्यता

पर्वत– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तलालाई रैथाने जातको रूपमा उन्मोचन गरेपछि स्थानीय कृषक उत्साहित बनेका छन् । गण्डकी प्रदेशको सुन्तलाको राजधानीको रूपमा विकास भएको बाँसखर्कमा उत्पादित सुन्तलाको ‘बाँसखर्क’ जात अनुसन्धान गरी नार्कले बिरुवा उत्पादन र व्यावसायिक खेतीका लागि मान्यता प्रदान गरेको हो । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटामा […]

डडेल्धुरामा फष्टाउँदै कुखुरापालन व्यवसाय

डडेल्धुरा । डडेल्धुराका ग्रामीण क्षेत्रमा व्यवसायिक कुखुरापालन फस्टाएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका– ३ भद्रपुरमा कुखुरापालनका लागि मासदाना उत्पादन तथा ह्याचरी मसिन जडान हुन थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् । डडेल्धुरामा कुखुरापालनका लागि बाह्रै महिना उपयुक्त हावापानी भएकाले वार्षिक ५ लटसम्म कुखुरापालन व्यवसाय गरिरहेको स्थानीय मदनराज ओझाले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा […]

म्याग्देले दियो दूध उत्पादनमा १४ लाख अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुसी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार ३९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर ९.२० का दरले […]

दगाममा उत्पादित मह विदेश निर्यात

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादन गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापा मगरले जानकारी दिए । उनका अनुसार ती देशहरुमा बढीमा तीन […]

डडेल्धुराका कृषक आलु खेतीप्रति आकर्षित

डडेल्धुरा । डडेल्धुरामा आलु उत्पादनमा वृद्धि हुँदा कृषक उत्साहित भएका छन् । उत्पादन बढेपछि निर्वाहमुखी आलु खेती गरिरहेका भित्री मधेश क्षेत्रका कृषकहरु उत्साहित भएका हुन् । परशुराम नगरपालिका कटालका करिब १ सय घरधुरीमा आर्थिक वर्ष २०७९/०८० मा मुख्यमन्त्री नमूना तरकारी गाउँ कार्यक्रम अन्तर्गत व्यवसायिक आलु तथा ताजा तरकारी कार्यक्रम संचालन भएपछि कृषकहरु आलु खेतीमा आकर्षित […]

कृषिजन्य उत्पादनमा अनुदान पाएपछि सल्यानका कृषकहरु उत्साहित

सल्यान : सल्यानका स्थानीय तहहरुले कृषिजन्य उत्पादनमा अनुदान पाउन थालेपछि कृषकहरु उत्साहित भएका छन्। युवालाई स्वरोजगार बनाउने उद्देश्यले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक उत्साहित बनेका हुन्।जिल्लाको त्रिवेणी गाउँपालिकाले दूधमा प्रतिलिटर ५, खसीबोका उत्पादनमा प्रतिगोटा ५००, अण्डामा प्रतिगोटा ५० पैसा, तरकारी प्रति रोपनी १ हजार र फलफूलमा प्रतिरोपनी १ हजार रुपैयाँ अनुदानको व्यवस्था गरेको छ।गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने दूध, मासु, अण्डा, तरकारी, फलफूलमा अनुदानमूलक

अलैँचीको भाउ बढेपछि कृषक हर्षित

भोजपुर : यो वर्ष अलैँचीको भाउ बढेपछि यहाँका कृषक उत्साहित भएका छन्। गत वर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैँची यो वर्ष प्रतिमन ४० हजार २ सय रुपैयाँसम्म घरबाटै विक्री भएको टेम्केमैयुङ गाउँपालिका–५ का कृषक शिवकुमार विष्टले जानकारी दिए।विष्टले भने, ‘यो वर्ष अलैँचीको मूल्य राम्रो छ। गाउँघरबाट प्रतिमन ४० हजार २ सय दरले बेचियो। यो वर्ष उत्पादन भने त्यति राम्रो भएन।’वर्षेनि भएको मूल्य गिरावट, गत वर्ष भएको खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादन घटेको

उत्पादन र मूल्य बढेपछि सुन्तला कृषक उत्साहित

भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् । उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यस वर्ष १२० रुपैयाँमा विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्यमा पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी हुने आशा छ,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशीका पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरू बताउँछन् । कृषि बजारका थोक विक्रेता टीका...

उत्पादन र मूल्य बढेपछि सुन्तला कृषक उत्साहित

धरान । भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् । उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यस वर्ष १२० रुपैयाँमा विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्यमा पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी हुने आशा छ,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशीका पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरू बताउँछन् । कृषि बजारका थोक विक्रेता टीकाराम श्रेष्ठले मंसिर र पुसको पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । ‘हामीले कृषकबाट थोकमै प्रतिकेजी १२० रुपैयाँले खरीद गरेका छौं, यही सुन्तला व्यापारीले खुद्रामा १५० रुपैयाँसम्ममा विक्री गर्छन् ।’ कात्तिकदेखि चैतसम्म कृषि बजारमा सुन्तला आउने गर्छ । कृषि उपज बजार स्थलका अनुसार गतवर्षको मंसिरसम्ममा कृषि बजारबाट १ हजार ५० मेट्रिक टन कारोबार भएको थियो । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले गतवर्ष प्रतिकेजी १०० रुपैयाँको दरले मूल्यांकन गर्दा पनि करिब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बताए । यस वर्ष मंसिर मसान्तसम्ममा १ हजार २८० मेट्रिक टन सुन्तला आउँदा १३ करोड मूल्य बराबरको कारोबार भएको जानकारी उनले दिए ।   गतवर्ष पूर्वका पहाडी जिल्लाबाट ५ हजार ८३९ मेट्रिक टन सुन्तला बजारमा आएको थियो, जसको औसत मूल्य ५८ करोड रुपैयाँ बराबर हुन्छ । अहिले धरानस्थित कृषि बजारमा दैनिक ३५ देखि ५० मेट्रिक टनसम्म सुन्तला कारोबार भइरहेको भट्टराईले बताए । ‘विक्री भएको सुन्तला अहिले धनकुटाको बुधुक, बोधे, खोकु र भोजपुरबाट आइरहेको छ, सिजन अझै बाँकी रहेकाले सुन्तला आउने क्रम जारी छ,’ उनले भने । उनका अनुसार यस वर्षको सिजनभरि कृषि बजारबाट ६ हजार ५०० मेट्रिक टन सुन्तला कारोबार हुने आकलन गरिएको छ । कृषि बजारबाट पूूर्वकै इटहरी, विराटनगर, दमक, बिर्तामोड, राजविराज, लहान, जनकपुर लगायत शहरसहित सहित भारतीय बजारमा समेत सुन्तला निकासी हुने गरेको छ ।

अलैँचीको मूल्य बढेसँगै कृषक उत्साहित

ताप्लेजुङ- कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो । पछिल्लो केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरूमै सोचेभन्दा राम्रो मूल्य आएको आएको बताइएको छ । केही साताअघिदेखि स्थानीय बजारमा […]