काठमाडौं : नेकपा एमालेले समानुपातिकतर्फका ३४ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो। एमालेले खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकालसहित ३४ जनाको नाम टुंगो लगाएको हो। एमालेले सांसद बनाएको ढकाल नेपाल परिवार दलका अध्यक्षसमेत हुन्। विवादित पृष्ठभूमिका ढकाललाई सांसद बनाएको भन्दै एमालेका केही नेताहरुले विरोधसमेत जनाएका थिए।तर, अध्यक्ष केपी शर्मा अोलीले उनको नाम सिफारिस गराएका हुन्। एमालेले २२ जना महिला र १२