मेलम्चीमा सिनो हाइड्रोलाई सेटिङमा ठेक्का

रिपोर्टर्स नेपाल, १३ माघ । मेलम्ची खानेपानी आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सम्झौता अवधि थप गरेर योजनावद्ध तरिकाले सिधै ठेक्का दिइएको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्न स्वीकृती प्रदान गरेर ठेक्काको मूल्य समायोजन गर्दै काम दिइएको हो । ठेक्काको मूल्य समायोजनबाट सिनो हाइड्रोले झण्डै ३२ करोड रुपैयाँ पाउने भएको छ । मन्त्रिपरिषदले ठेक्काको मूल्य […]

सम्बन्धित सामग्री

तामाकोशी पाचौं : सिभिलतर्फको ठेक्का सिनो हाईड्रोलाई

स्वदेशी लगानीको आकर्षक मानिएको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको सिभिल संरचनाको निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ । फागुन ९ गते खोलिएको सिभिलतर्फको आर्थिक प्रस्ताव मुल्यांकन समितिले कम रकम कवोल गरेको सिनो हाइड्रोलाई दिने निर्णय गरेको हो ।

ठेक्का मामिलामा हस्तक्षेप गर्दैनौं : जाइका

काठमाडौं - तनहुँ हाइड्रो (१५० मेगावाट) को प्याकेज २ को मुख्य लगानीकर्ता जापान इन्टरनेशल कोअपरेशन एजेन्सी (जाइका) ले आफू उक्त प्याकेजको सम्झौताको पक्षधर नभएकाले सिनो हाइड्रो र हिटाची जोजेनको ठेक्का वार्ता (नेगोसिएसन) मा सरिक नहुने बताएको छ । दुई ठेकेदार कम्पनीबीच फ्लसिङ गेटको मूल्यलाई लिएर विवाद बढ्दै गएपछि इकागजक...

मेलम्ची खानेपानी आयोजना : टुंगो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन ।       चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउन विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । गत फेब्रुअरीमा ठेक्का अवधि सकिएकोमा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । ‘अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुंगो लाग्न सकेको छैन,’ उनले भने ।       अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्तरगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले बताएको छ ।      कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्न कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । ‘अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन,’ उनले भने । आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौं उपत्यका ल्याउनेगरी सडक र पुल अस्थायी रूपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो । सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्तान्तरण गर्न सकिने उनले बताए । कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले बताएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अहिले कार्यरत निर्माण कम्पनीको ठेक्का सम्पन्न नभएकाले नयाँ व्यवसायीलाई काम गराउन नसकिने समितिको भनाइ छ । हेडवक्र्समा पनि नयाँ कम्पनीले काम गर्दा भएका संरचनामा थप क्षति हुन सक्ने भएकाले सिनो हाइड्रो कम्पनीको नै अवधि थप गर्नु ठीक हुने पन्तले बताए । अवधि थप र कार्ययोजना दुवैको विषयमा अहिले खानेपानी मन्त्रालयमा छलफल भइरहेको छ । पहिले मूल्यांकन टुंगो लगाएर अघि बढ्ने विषय पनि छलफल भइरहेको छ । खोलामा सफा गर्नुपर्ने भएकाले अनुमानित खर्च तलमाथि हुन सक्ने उनले बताए । निर्माण शुरू भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गतवर्ष फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गतवर्ष असारमा सुरुङको परीक्षण गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरू भएको थियो । रासस

क्षति भएको मेलम्ची आयोजना : चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी

काठमाडौं : मेलम्ची खानेपानी फाष्ट  ट्रयाकबाट काठमाडौं उपत्यकामा ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी भएको छ। मेलम्ची खानेपानी आयोजनाले बाढीले क्षति पुगेको आयोजना मर्मतका लागि चिनियाँ सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन लागेको हो।आयोजनाका अनुसार बाढीले क्षति पुगेको हेडवर्क्स र सुरुङ मर्मत गर्न ती कम्पनीलाई दिन लागिएको छ। यी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी रहेको खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकालले बताए। ‘मेलम्चीको पानी द्रुत गतिमा यहाँ ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का

दशैं विदामा पनि काम रोकिएन, विद्युतगृहमा उपकरण जडान हुँदै

नेपालीहरुको महान चाड बडादशैको बिदामा पनि तनहँु जलविद्युत आयोजनाको काम भने निरन्तर भईरहेको छ । आयोजनाले दशैंको विदामा पनि कामलाई निरन्तरता दिएको हो । दशैंको बिदा भए पनि आयोजनाको काममा कुनै अवरोध नभएको आयोजना प्रमुख अच्युत घिमिरेले बताउनुभयो । दशैंको समयमा नेपाली कामदार नभएपनि चिनियाँ मजदुरहरुले निरन्तर काम गरिरहेको घिमिरेले बताउनुभयो । आयोजनाको दोश्रो प्याकेजको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो मार्फत हाल दुई सय २० जना नेपाली र ५० जना चिनियाँ मजदुर कार्यरत रहेका छन् । जसमध्ये नेपाली कामदार दशै मान्न घर गए पनि चिनियाँ मजदुरले निरन्तर काम गरिरहेको आयोजना प्रमुख घिमिरेले बताउनुभयो ।

निर्धारित समयमै मेलम्ची आउने दाबी

खानेपानी मन्त्री बिना मगरले निर्धारित समयमा नै काठमाडौंमा मेलम्चीको पानी ल्याउन दाबी गरेकी छिन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने क्रममा मगरले निर्धारित समयमा नै पानी ल्याउने बताएकी हुन् । केही समय अघि मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ्ग फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको काम अघि बढाएसँगै कामको प्रगतिको अवस्था बुझ्न खानेपानी मन्त्री मगरले स्थलगत निरीक्षण गरेकी हुन् ।

सम्झौताको भोलिपल्टै मेलम्चीमा काम थाल्न सिनो हाइड्रोलाई आग्रह

१८ भदौ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनामा ठेक्का सम्झौता हुनासाथ काम थाल्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आग्रह गरेको छ । मेलम्चीको बाँकी कामको लागि सिनो हाइड्रो छानिएपछि सरकारले यस्तो आग्रह गरेको हो । छनोट भइसके …

१ सय ४० मेगावाट तनहुँ जलविद्युतको ठेक्का सीएमसी र सिनो हाइड्रो कर्पोरेसनलाई

काठमाडाैं – तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट...

कुलेखानीको म्याद सातौंपटक थपियो

मकवानपुरको भैंसेस्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कम्पनीको म्याद सातौंपटक ६ महिनाका लागि थप गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको आइतबार बसेको बैठकले सिभिल वर्कको ठेक्का लिएको सिनो हाइड्रो कम्पनीलाई निर्माण कार्य सम्पन्न गर्न म्याद थप गरेको हो ।