नेपालीहरुको महान चाड बडादशैको बिदामा पनि तनहँु जलविद्युत आयोजनाको काम भने निरन्तर भईरहेको छ । आयोजनाले दशैंको विदामा पनि कामलाई निरन्तरता दिएको हो । दशैंको बिदा भए पनि आयोजनाको काममा कुनै अवरोध नभएको आयोजना प्रमुख अच्युत घिमिरेले बताउनुभयो ।
दशैंको समयमा नेपाली कामदार नभएपनि चिनियाँ मजदुरहरुले निरन्तर काम गरिरहेको घिमिरेले बताउनुभयो । आयोजनाको दोश्रो प्याकेजको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो मार्फत हाल दुई सय २० जना नेपाली र ५० जना चिनियाँ मजदुर कार्यरत रहेका छन् । जसमध्ये नेपाली कामदार दशै मान्न घर गए पनि चिनियाँ मजदुरले निरन्तर काम गरिरहेको आयोजना प्रमुख घिमिरेले बताउनुभयो ।