काठमाडौं : मेलम्ची खानेपानी फाष्ट ट्रयाकबाट काठमाडौं उपत्यकामा ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी भएको छ। मेलम्ची खानेपानी आयोजनाले बाढीले क्षति पुगेको आयोजना मर्मतका लागि चिनियाँ सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन लागेको हो।आयोजनाका अनुसार बाढीले क्षति पुगेको हेडवर्क्स र सुरुङ मर्मत गर्न ती कम्पनीलाई दिन लागिएको छ। यी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी रहेको खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकालले बताए। ‘मेलम्चीको पानी द्रुत गतिमा यहाँ ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का